राष्ट्रियसभाको बैठक ३ दिनलाई स्थगित

काठमाडौं, फागुन २१: आज (सोमबार) दिउँसो १:१५ बजेका लागि बोलाइएको राष्ट्रियसभा बैठक स्थगित भएको छ ।
अर्को बैठक फागुन २४ गते दिउँसो १:१५ बजे बस्ने गरी आजको बैठक स्थगित भएको हो ।
विशेष कारणवश बैठक स्थगित हुन पुगेको संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाले जानकारी दिए ।
यसअघि, सोमबारका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक पनि फागुन २४ गते सम्मका लागि स्थगित भएको थियो ।
प्रकाशित मिति: १२:५५ बजे, सोमबार, फागुन २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












