Kathmandu Press

राष्ट्रपति भेट्न शितल निवास पुगे प्रधानमन्त्री दाहाल

दाहालले नेकपा एमालेसहितको नयाँ समीकरणमा सरकार पुनर्गठनको निर्णयबारे राष्ट्रपतिलाई जानकारी दिने छन्।
राष्ट्रपति भेट्न शितल निवास पुगे प्रधानमन्त्री दाहाल

काठमाडौं, फागुन २१ः सरकारका लागि नयाँ समिकरण बनेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन्।

राष्ट्रपति पौडेलसँगै प्रधानमन्त्री दाहालले नयाँ राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्ने बताइएको छ। दाहालले नेकपा एमालेसहितको नयाँ समीकरणमा सरकार पुनर्गठनको निर्णयबारे राष्ट्रपतिलाई जानकारी दिने छन्।

Hardik ivf

आजै वाम गठबन्धनको सरकारमा सहभागी मन्त्रीहरुले चार जना मन्त्रीले पद तथा गोपनीयतको शपथ लिँदैछन्। एमालेबाट पदम गिरी, माओवादीबाट वर्षमान पुन, जसपाबाट उपेन्द्र यादव र रास्वपाबाट रवि लामिछानेले पहिलो चरणमा मन्त्रीको शपथ लिने जनाइएको छ।

नेपाली कांग्रेस नेतृत्वको सात दलीय गठबन्धन छाडेर वाम गठबन्धनको सरकार फर्काउने निर्णयपछि प्रधानमन्त्री शीतल निवास पुगेका हुन्।

 

 

प्रकाशित मिति: १२:३९ बजे, सोमबार, फागुन २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्