राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यले लिए शपथ

काठमाडौं, फागुन २१: राष्ट्रिय सभाका नवनिर्वाचित सांसदहरूले आज शपथ लिएका छन् ।
संघीय संसद भवनको लहोत्से हलमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले १९ जना सांसदहरूलाइ पद तथा गोपनीयताको शपथ खुवाएकी हुन् ।
आइतबार मात्रै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित ६ वर्षे कार्यकाल सकिएका २० जना सांसदलाई बिदाइ गरिएको थियो भने नयाँलाई स्वागत गरिएको थियो ।
रिक्त २० जनाको पदमध्ये १९ जना गत माघ ११ गतेको निर्वाचनबाट निर्वाचित भएका हुन् । एक जना भने मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुन बाँकी छन् ।
१९ सदस्यका लागि भएको निर्वाचनपछि राष्ट्रिय सभामा माओवादी केन्द्र पहिलो दल बनेको छ ।
यी हुन् शपथ लिएका नवनिर्वाचित सदस्यहरूः
- रुकमिणी कोइराला
- कृष्णप्रसाद सिटौला
- पूजा चौधरी
- आनन्दप्रसाद ढुंगाना
- विष्णुदेवी पुडासैनी
- जितजङ्ग बस्नेत
- मनरुपा शर्मा
- पदमबहादुर परियार
- किरणबाबु श्रेष्ठ
- विष्णुकुमारी सापकोटा
- झक्कुप्रसाद सुवेदी
- सावित्री मल्ल
- विष्णुबहादुर विश्वकर्मा
- कृष्णबहादुर रोकाय
- रेनु चन्द
- नारायणदत्ता भट्ट
- बलदेव बोहरा
प्रकाशित मिति: १२:३४ बजे, सोमबार, फागुन २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












