संसदको बैठक दुई दिन स्थगित

काठमाडौं, फागुन २१: संघीय संसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाका आजका बैठक स्थगित भएका छन् ।
संसद सचिवालय सूत्रका अनुसार आज र भोलि दुवै सदनका बैठक बस्ने छैनन्।
राजनीतिमा उत्पन्न नयाँ परिस्थितिको असरले संसदको बैठक स्थगित हुनपुगेको हो ।
प्रकाशित मिति: १०:५९ बजे, सोमबार, फागुन २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












