Kathmandu Press

देउवाले बोलाए कांग्रेसको आकस्मिक पदाधिकारी बैठक

सभापति देउवाले आफ्नै निवास बूढानीलकण्ठमा आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाएका हुन् ।
देउवाले बोलाए कांग्रेसको आकस्मिक पदाधिकारी बैठक

काठमाडौं, फागुन २१: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आकस्मिक पदाधिकारी बैठक बोलाएका छन् ।

सभापति देउवाले आफ्नै निवास बूढानीलकण्ठमा १० बजेका लागि आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाएका हुन् ।

Hardik ivf

सत्ता समीकरण बदलिने सम्भावना बढेपछि देउवाले छलफलका लागि पदाधिकारी बैठक बोलाएको स्रोतको भनाइ छ ।

देउवाले बिहानै प्रधानमन्त्री प्रचण्डलाई पनि भेटेका थिए ।

आज बिहानै एमाले, माओवादी र रास्वापा पनि छुट्टाछुट्टै बैठक बसेका छन् ।

प्रकाशित मिति: ०९:४९ बजे, सोमबार, फागुन २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्