Kathmandu Press

कानून समितिको बैठक स्थगित

कानून समितिको बैठक स्थगित
Hardik ivf

काठमाडौं, फागुन २१: सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदहरु विकसित राजनीतिक परिस्थितिप्रति आन्तरिक छलफलमा व्यस्त भएपछि कानुन समितिको बैठक स्थगित भएको छ । 

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगसम्बन्धी विधेयकको संशोधन प्रतिवेदनको मस्यौदालाई अन्तिमरुप दिनका लागि आज बिहान ७:४५ बजे समितिको बैठक बोलाइएको थियो । तर, बैठकमा सहभागी हुन चार जना मात्रै समिति सदस्य उपस्थित भए । 

नेपाली कांग्रेसका जीवन परियार, सुशिला थिङ, सुनिल शर्मा, एमालेकी प्रतिक्षा तिवारी लगायतका समिति सदस्यहरु बैठक कक्षमा पुगेपनि अन्य सहभागी नभएपछि बैठक दुई घण्टापछि स्थगित भयो ।
 

प्रकाशित मिति: ०९:४५ बजे, सोमबार, फागुन २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्