Kathmandu Press

रास्वपामा परिस्थिति हेरेर निणर्य लिने अधिकार सभापतिलाई

रास्वपामा परिस्थिति हेरेर निणर्य लिने अधिकार सभापतिलाई

काठमाडाैं, फागुन २१: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वर्तमान राजनीतिक परिस्थिति हेरेर निर्णय लिने अधिकार सभापति रवि लामिछानेलाई दिएको छ । 

सोमबार विहानै बसेको पार्टी सचिवालय बैठकले वर्तमान राजनीतिक घटनाक्रमको समीक्षा गर्दै अब तत्काल लिनुपर्ने राजनीतिक निर्णयहरू लिने अधिकार सभापतिलाई दिएको हो । 

Hardik ivf

बैठकमा सभापति लामिछानेले समसामयिक घटनाक्रमबारे बिफ्रिङ गरेका थिए । सत्ता गठबन्धनमा खटपट पैदा भइरहेका बेला आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिपक्षी दल नेकपा एमाले र रास्वपाका सभापति लामिछानेसहितसँग चरणबद्ध वार्ता गरेका थिए । 

‘अहिले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुंगोमा पु¥याउने विषयमा छलफल भयो, त्यसपछि फरक राजनीतिक समीकरणको पनि सम्भावना नहुने भन्ने हुदैन,’ बैठकपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भने । 
 

प्रकाशित मिति: ०९:३६ बजे, सोमबार, फागुन २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्