एमाले र रास्वपाको सचिवालय बैठक जारी
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहान ७ बजेदेखि एमालेको बैठक बसिरहेको छ । सत्ता गठबन्धनमा खटपटसँगै एमालेले आकस्मिक रुपमा सचिवालय बैठक आह्वान गरेको हो ।
काठमाडौं, फागुन २१ : नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयलको बैठक बसिरहेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहान ७ बजेदेखि एमालेको बैठक बसिरहेको छ । सत्ता गठबन्धनमा खटपटसँगै एमालेले आकस्मिक रुपमा सचिवालय बैठक आह्वान गरेको हो ।
यता, पार्टी कार्यालयमा जारी रास्वपा बैठकमा वर्तमान राजनीतिक परिस्थितिका विषयमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ ।
एमालेसहितका दलहरुबीच संक्रमणकालीन न्याय र राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा मिलेर जाने समझदारी बनेको छ । उक्त समझदारीमा रास्वपा पनि सहमत बनेको बताइएको छ। यसै बिषयमा छलफल केन्द्रित छ ।
प्रकाशित मिति: ०८:३९ बजे, सोमबार, फागुन २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार