१४ बुँदे घोषणापत्र जारी गर्दै अपाङ्गता भएका महिलाहरूको राष्ट्रिय सम्मेलन सम्पन्न
मलाई पनि तिमिसँगै गणना गर मेरो आवाजले अर्थ राख्छ भन्ने नाराका साथ काठमाडौंमा शुक्रबारदेखि आयोजना भएको यस सम्मेलन १४ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै आइतबार सम्पन्न भएको हो ।काठमाडौँ, फागुन २१ : १४ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै अपाङ्गता भएका महिलाहरूको पहिलो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।
मलाई पनि तिमिसँगै गणना गर मेरो आवाजले अर्थ राख्छ भन्ने नाराका साथ काठमाडौंमा शुक्रबारदेखि आयोजना भएको यस सम्मेलन १४ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै आइतबार सम्पन्न भएको हो ।
सम्मेलनको समापन समारोहमा बोल्दै प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले अपाङ्गता भएका ब्यक्तिहरूको न्यायमा पहुँचका लागि आयोगले काम गरिरहेको बताए । उनले अपाङ्गता भएका व्यक्तिहरूको हक हितका लागि बनाइएका ऐनहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।
अपाङ्गता भएका महिलाहरूको विविधता, अन्तरसम्बद्धता सवाल, अर्थपूर्ण सहभागीता र न्यून प्रतिनिधित्व तथा सिमान्तकृत अपाङ्गता भएका महिलाहरुको सवाल एवं समस्याहरूको पहिचान गरी सोको सम्बोधनको लागि निति निर्माणमा निर्णायक तहका व्यक्ति र सरोकारवाला निकायहरुलाई दवाब दिने उद्देश्यका साथ सम्मेलन गरिएको हो ।
अपाङ्गता भएका महिलाहरुको मानवीय र अशक्तताको आधारमा रहेको विविधतालाइ सम्बोधन गर्न मानव अधिकारमुखी अवधारणा र यसका लागि अन्तरविविधतारअन्तरच्छेदीय दृष्टिकोणको आवश्यकता छ ।
राष्ट्रिय योजना आयोगले तयार गरेको ुलिभ नो वन बिहाइण्डुका सन्दर्भ नेपाल ढाँचा प्रतिवेदन २०२३ मा यस दृष्टिकोणको अवलम्बनको आवश्यकतालाई उल्लेख गरिएको घोषणापत्रमा उल्लेख छ ।
त्यसैले नेपालका तीनै तहका सरकारले अन्तरविविधता र अन्तरच्छेदीय दृष्टिकोणको कार्यान्वयनका लागि कानुन तथा नीति तर्जुमा गरी कार्यान्वयनको सुनिस्चितता गर्न गराउन माग गर्दछौं, घोषणापत्रमा भनिएको छ ।
यस्तै विद्यालयका पाठ्यक्रममा अपाङ्गता सम्बन्धी विषयलाई समावेश गर्दै शिक्षाबाट बन्चित गरिएका अपाङ्गता भएका महिलाहरुको लागि स्कुल आउट टिचू जस्ता कार्यक्रम ल्याउने र अपाङ्गता भएका महिलाहरू र किशोरी अभिभावकलाई यौन तथा प्रजनन स्वास्थ्य अधिकार, हिंसा र विभेद न्यूनीकरण सम्बन्धि तालिम दिनका लागि सम्मेलनले माग गरेको छ ।
सात वटै प्रदेशबाट ३६ जना अपाङ्गता भएका महिला र महिला एवं अपाङ्गताको क्षेत्रमा काम गर्दै आएका राष्ट्रिय स्तरका सँस्थाका प्रतिनिधि गरि १ सय २० जना बढी सम्मेलनमा सहभागी भएका थिए ।
सो सम्मेलनबाट नेपाल भित्र तीनै तहका ७ सय ६१ वटा सरकार, मानव अधिकारवादी संस्थाहरू, नागरिक समाज लगायतको ध्यानाकर्षण गराउँदै विभिन्न माग समेटेर अपाङ्गता भएका महिलाहरूको काठमाडौं घोषणापत्र जारी गरिएको छ ।
सम्मेलनमा महिला र अपाङ्गताको क्षेत्रमा काम गर्दै आएका दलित महिला संघ (फेडो), राष्ट्रिय आदिवासी जनजाती अपाङ्ग महिला संघ नेपाल, नेत्रहीन महिला संघ नेपाल, एक्सेस प्लानेट नेपाल र पहिचान नेपालको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।












-1755255383.jpg)