Kathmandu Press

यी हुन् कोरोना भाइरसबाट संक्रमित सेलिब्रिटी

अमेरिकी अभिनेता टम ह्याङ्क्स, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र आर्सनल फुटबल क्लबका कोच मिकेल आर्टेटा कोरोना भाइरस संक्रमित धनी र प्रख्यात व्यक्ति हुन्। 

यी हुन् कोरोना भाइरसबाट संक्रमित सेलिब्रिटी

अमेरिकी अभिनेता टम ह्याङ्क्स, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र आर्सनल फुटबल क्लबका कोच मिकेल आर्टेटा कोरोना भाइरस संक्रमित धनी र प्रख्यात व्यक्ति हुन्। 

मनोरञ्जन

टम ह्याङ्क्स र रिता विल्सन कोरोना भाइरस संक्रमित भएको सार्वजनिक गर्ने हलिउडका प्रथम कलाकार हुन्। उनीहरूलाई अष्ट्रेलियाको गोल्ड कोस्ट अस्पतालमा “क्वारेन्टाइनमा” राखिएको छ। टम ह्याङ्क्सले विशेषज्ञको सल्लाह लिने सर्वसाधारणसँग आग्रह गरेका छन्।

Hardik ivf

चिलेका “बेस्ट सेलिङ” लेखक लुइ सेपुलभेदालाई पनि संक्रमण भएको छ। उनी उत्तरी स्पेनमा बस्छन्। पोर्चुगलमा आयोजना गरिएको साहित्य महोत्सवमा सहभागी भएर फर्किएपछि फेब्रुअरीमा संक्रमणको लक्षण देखा परेको थियो।

खेल

बेलायतको प्रिमियर लिग विश्वकै धनी फुटबल खेल हो। अहिले प्रिमियर लिग पनि प्रभावित छ।

आर्सनलका स्पेनी म्यानेजर आर्टेटा र चेलेसीका बेलायती विङ्गर क्यालम हड्सन ओडोइ दुवैलाई कोरोना भाइरसको संक्रमण भएको छ। इटालीको युभेन्टसले डिफेन्टर ड्यानिएल रूगानीलाई संक्रमण भएको बताएको छ।

बास्केटबलका फ्रान्सेली खेलाडी रूडी गोबर्ट अमेरिकाको नेश्नल बास्केटबल एसोसिएसनको (एनबिए) पहिलो खेलाडी हुन् जसलाई कोरोना भाइरसको संक्रमण भएको छ। एनबिएले तत्काल सिजन स्थगित गरेको छ।

युटाह जाजका स्टार खेलाडी गोबर्टले टेबलमा भएका सबै माइक्रोफन र भ्वाइस रेकर्डर छोएर कोरोना भाइरसको संक्रमणको जोखिम फैलाएकोमा माफी मागेका छन्। युटाहकै अर्का खेलाडी डोनोभान मिचेललाई पनि कोभिड १९ को संक्रमण भएको पुष्टि भएको छ।

कोलम्बियाका साइक्लिस्ट फर्नान्डो गाभिरिया युनाइटेड अरब इमिरेट्सको अस्पतालमा भर्ना भएपछि स्वास्थलाभ गरिरहेका छन्। रूसका दिमित्री स्त्राखोभलाई पनि संक्रमण भएको छ।

राजनेता

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो दुई साताको “आइसोलेसन”मा छन्। ट्रुडोकी पत्नी सोफी ग्रेगोयरलाई संक्रमण भएको पुष्टि भएको छ।

स्पेनकी मन्त्री आइरिन मोन्टेरो पनि क्वारेन्टाइनमा छिन्। उपप्रधानमन्त्री पाब्लो इग्लेसियासलाई पनि संक्रमण भएको छ। फ्रान्सका मन्त्री फ्रयाङ्क रेस्टर कोरोना भाइरसको संक्रमणमा भएपछि पेरिसस्थित घरमा बसेका छन्।

बेलायतकी नदिन डोरियस कोरोना भाइरसको संक्रमण हुने पहिलो बेलायती नेता हुन्। इरानका थुप्रै वरिष्ठ अधिकारी संक्रमित छन्। उपराष्ट्रपति मासुमेह एब्तेकर र उपस्वास्थ्य मन्त्री इराज हरिरची पनि संक्रमित भएका छन्।

अष्ट्रेलियाका गृहमामिला मन्त्री पिटर डट्टन संक्रमित भएपछि अस्पतालको क्वारेन्टाइनमा छन्। उनले हालै मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोइरी इभाङ्का ट्रम्पलाई भेटेका थिए।

ब्राजिलको राष्ट्रपति बोल्सोनारोका वरिष्ठ सहयोगी फाबियो वानगार्टेन पनि कोरोना भाइरसको संक्रमण भएको छ। दुवैले हालै मात्र अमेरिकी राष्ट्रपतिलाई भेटेका थिए। बोल्सोनारोको स्वास्थ्य परीक्षणको रिपोर्ट आएको छैन।
 

प्रकाशित मिति: ०६:३१ बजे, बिहीबार, चैत ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्