Kathmandu Press

केहि स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित वर्षा हुने, दिउँसोबाट मौसममा क्रमिक सुधार आउने

हाल देशभर आंशिक देखि साधारणतया बदली रही कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा मेघगर्जन चट्टयाङ्गसहित हल्का वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
केहि स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित वर्षा हुने, दिउँसोबाट मौसममा क्रमिक सुधार आउने

काठमाडौं, फागुन २१ : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज देशभरआंशिक देखि मौसम सामान्य बदली रहने छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रही कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा मेघगर्जन चट्टयाङ्गसहित हल्का वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको अनुसार आज दिउँसो देशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षा हुनेछ । सोमबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतबदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । 

Hardik ivf

आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुका  साथै बाँकी प्रदेशका पहाडी भुभागका एक–दुई स्थानमा मेघगर्जन चट्टयाङ्गसहित हल्का बर्षाको सम्भावना रहेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । 

सोमबार राती कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यो वर्षको प्रि मनसुन सुरुआत भएसँगै शनिबारदेखि काठमाडौं उपत्यका सहित देशका अधिकांश भूभागमा हल्का देखि मध्यम वर्षा भएको छ । पडाडी तथा उच्च पहाडी र हिमाली भू– भागमा बाक्लो हिमपात पनि भएको छ । 

पछिल्लो २४ घण्टामासबैभन्दा धेरै जुम्लामा १४ दशमदब ५ मिलिमिटर वर्षा भएको छ । यस्तै बाँकेमा पनि १४दशमदब २ मिलिमिटर वर्षा भएको छ ।  त्यसपछि डडेलधुरामा ११ दशमलब ५, दिपायलमा १० दशमदब ७ मिलिमिटर,डडेलधुरामा १३ दशमलब ५ र काठमाडौंमा ५ दशमलब७ मिलिमिटर वर्षा भएको छ । आज दिउँसोबाट भनेक्रमिक रूपमा मौसममा सुधार हुँदै जाने महाशाखाले जनाएको छ । 

प्रकाशित मिति: ०७:५८ बजे, सोमबार, फागुन २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्