Kathmandu Press

उपनिर्वाचनका लागि दल दर्ता गर्न आयोगको आग्रह 

विसं. २०८१ वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि आयोगले दल दर्ता गर्न भनेको हो ।
उपनिर्वाचनका लागि दल दर्ता गर्न आयोगको आग्रह 
Hardik ivf

काठमाडौं, फागुन २१ : निर्वाचन आयोगले उपनिर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि आग्रह गरेको छ । विसं. २०८१ वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि आयोगले दल दर्ता गर्न भनेको हो ।

फागुन २४ गतेदेखि फागुन ३० गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल दर्ता गर्नुपर्नेछ । 

राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग, कान्तिपथ, काठमाडौंमा दल दर्ताका लागि निवेदन दिनुपर्ने आयोगको सूचनामा उल्लेख छ ।  

प्रकाशित मिति: ०७:४९ बजे, सोमबार, फागुन २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्