Kathmandu Press

सत्तारुढ गठबन्धनको बैठक बस्दै, समसामयिक बिषयमा छलफल हुने 

बैठकमा मन्त्रिपरिषद् हेरफेर, टीआरसी विधेयक, राष्ट्रियसभा अध्यक्षको निर्वाचन लगायतका विषयमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ ।
सत्तारुढ गठबन्धनको बैठक बस्दै, समसामयिक बिषयमा छलफल हुने 
Hardik ivf

काठमाडौं, फागुन २१ : सत्तारुढ गठबन्धनको बैठक सोमबार बिहान बस्दैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार सोमबार बिहान ८ बजेका लागि सत्ता गठबन्धनको बैठक बोलाइएको हो । 

बैठकमा मन्त्रिपरिषद् हेरफेर, टीआरसी विधेयक, राष्ट्रियसभा अध्यक्षको निर्वाचन लगायतका विषयमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यस विषयमा पार्टीका मन्त्रीहरुसँग आइतबार साँझ छलफल समेत गरेका थिए । 

यसैबिच परराष्ट्रमन्त्री एनपी साउदको फिनल्याण्ड भ्रमण एकाएक रद्द भएको छ । ‘विशेष परिस्थिति’ भन्दै परराष्ट्र मन्त्रालयले भ्रमण स्थगित भएको जनाएको छ । 

प्रकाशित मिति: ०७:४१ बजे, सोमबार, फागुन २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्