Kathmandu Press

स्यानिटरी प्याडमा भ्रष्टाचार : पूर्वमेयर यादवसहित ९ जनाविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनबाट आर्थिक वर्ष २०७७/७८ सालमा नगरपालिकाको सशर्त अनुदानको बजेटबाट स्यानिटरी प्याड खरिद गर्दा गुणस्तरहीन पाइएको भेटिएपछि मेयर यादवलगायतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको हो।
स्यानिटरी प्याडमा भ्रष्टाचार : पूर्वमेयर यादवसहित ९ जनाविरुद्ध मुद्दा

काठमाडौं, फागुन २० : स्यानिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको अभियोगमा धनुषाको शहीदनगर नगरपालिकाका पूर्वमेयर उदयकुमार यादवसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनबाट आर्थिक वर्ष २०७७/७८ सालमा नगरपालिकाको सशर्त अनुदानको बजेटबाट स्यानिटरी प्याड खरिद गर्दा गुणस्तरहीन पाइएको भेटिएपछि मेयर यादवलगायतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको हो।

Hardik ivf

शिलबन्दी दरभाउपत्र आह्वानको सूचना प्रकाशित भएको भनिएको २०७७ माघ २२ गतेको रेजा टुडे दैनिक पत्रिकामा कुनै पनि सूचना प्रकाशित नभएको अख्तियारले जनाएको छ। रेजा ट्रेडिङ प्रालिका प्रोपराइटर र रेजा टुडे दैनिक पत्रिकाका प्रकाशक एकै जना अकबर मन्सुर रहेको देखिएको अख्तियारले जनाएको छ। 

स्यानिटरी प्याड खरिदमा १३ लाख ९३ हजार ६८७ रुपैयाँ हिनामिना भएको दाबी अख्तियारले गरेको छ। अभियोगपत्रमा तत्कालीन उपप्रमुख शिलादेवी कापर, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शत्रुघ्न यादव, तत्कालीन लेखापाल लोकबहादुर नेपाली, तत्कालीन जिन्सी शाखा प्रमुख सुदीपकुमार भट्टराई, तत्कालीन स्वास्थ्य संयोजक कपिलदेव प्रसाद अधिकारी, माध्यमिक विद्यालय हठ्ठीपुरवाहाका प्रधानाध्यापक श्रीकृष्ण भिनवार, तत्कालीन सव–इन्जिनियर सरोजकुमार महतो र रेजा ट्रेडिङ प्रालि र रेजा ट्रेडिङ दैनिकका प्रकाशक अकबर मन्सुरलाई सजाय र कारबाहीका लागि प्रतिबादी बनाइएको छ।

अख्तियारले जनाए अनुसार स्यानिटरी प्याड खरिद सम्झौता गर्नुअघि नै रकम भुक्तानी गरेको, शिलबन्दी दरभाउपत्र आह्वानको सूचनामा स्यानिटरी प्याडको संख्या नखुलेको तर सम्झौता हुनुअघि नै रेजा ट्रेडिङले स्यानिटरी प्याड आपूर्ति गरेको तथ्य भेटिएको छ। रेजा ट्रेडिङ प्रालिका प्रोपराइटर मन्सुरसँगको मिलेमतोमा खरिद कानुनको प्रावधान विपरीत झुट्टा विवरण एवं सूचना तयार गरी गलत कागजातहरुको आधारमा बदनियतपूर्ण ढंगले खरिद सम्झौता गरेको दाबी अदालत समक्ष गरिएको छ। 
 

प्रकाशित मिति: १७:४० बजे, आइतबार, फागुन २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्