Kathmandu Press

पुण्य गौतम र युवराज सफल पक्राउ

चितवनकी किशोरी शालिन पोखरेलको मृत्यु प्रकरणमा पोस्टमार्टम रिपोर्ट आएपछि गौतम र सफल त्रिवि शिक्षण अस्पतालको पोष्टमार्टम भवनअगाडि प्रदर्शन गर्न पुगेका थिए।
पुण्य गौतम र युवराज सफल पक्राउ

काठमाडौं, फागुन २० : आफूलाई अभियन्ता बताउने पुण्य गौतम ‘विश्वास’ र युवराज सफल पक्राउ परेका छन्। 

चितवनकी किशोरी शालिन पोखरेलको मृत्यु प्रकरणमा पोस्टमार्टम रिपोर्ट आएपछि गौतम र सफल त्रिवि शिक्षण अस्पतालको पोष्टमार्टम भवनअगाडि प्रदर्शन गर्न पुगेका थिए।

Hardik ivf

त्यही बेला उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुले शालिनको पक्षमा शिक्षण अस्पतालमा पुगेर नाराबाजी गर्दै हुलहुज्जत गरेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ।  उनीहरुलाई अहिले महाराजगञ्ज वृत्तको हिरासतमा राखिएको छ। गौतम युट्युवर समेत हुन्। 

गौतम र सफलले भिडलाई प्रयोग गरेर घटनालाई अतिरञ्जित बनाउन खोजेको प्रहरी आरोप छ। चितवन रत्ननगरको एकता शिशु निकेतन स्कुलको होस्टेलमा मृत भेटिएकी शालिनको पोस्टमार्टम रिपोर्टमा बलात्कार नभएको उल्लेख छ।
 

प्रकाशित मिति: १७:३२ बजे, आइतबार, फागुन २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्