Kathmandu Press

नापी सर्वेक्षक चौलागाई र लेखापढी व्यवसायी पोखरेलविरुद्ध ‘घुस’ मुद्दा 

जग्गा हालसाविक एवं कित्ताकाट गरी पुर्जा उपलब्ध गराइदिने प्रयोजनका लागि सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
नापी सर्वेक्षक चौलागाई र लेखापढी व्यवसायी पोखरेलविरुद्ध ‘घुस’ मुद्दा 

काठमाडौं, फागुन २० : नापी कार्यालय कलंकीमा सर्वेक्षकको रुपमा कार्यरत लक्ष्मी प्रसाद चौलागाई र लेखापढी व्यवसायी नेत्र बहादुर पोखरेलविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर भएको छ। 

जग्गा हालसाविक एवं कित्ताकाट गरी पुर्जा उपलब्ध गराइदिने प्रयोजनका लागि सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

Hardik ivf

अख्तियारको अनुसन्धानबाट लेखापढी व्यवसायी पोखरेलले सेवाग्रहीसँग लिएको एक लाख मध्ये ५० हजार सर्वेक्षक चौलागाईलाई दिएको खुल्न आएको छ।

पोखरेल र चौलागाईं विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो बमोजिमको जरिवाना र कैद सजायको मागदावी लिइएको छ। 
 
प्रकाशित मिति: १७:०७ बजे, आइतबार, फागुन २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्