Kathmandu Press

बेपत्ता र टिआरसी विधेयकलाई निष्कर्षमा पुर्याउन कानुन मन्त्रीले समय मागे 

विधेयक टुंग्याउने तयारी स्वरुप आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानून न्याय तथा मानवअधिकार समितिको बैठकमा मन्त्री गुरुङले थप समय मागेका हुन्।
बेपत्ता र टिआरसी विधेयकलाई निष्कर्षमा पुर्याउन कानुन मन्त्रीले समय मागे 
Hardik ivf

काठमाडौं, फागुन २० : कानुनमन्त्री धनराज गुरुङले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोग सम्बन्धी (टिआरसी) विधेयकलाई निश्कर्षमा पुर्याउन थप समय मागेका छन्। 

विधेयक टुंग्याउने तयारी स्वरुप आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानून न्याय तथा मानवअधिकार समितिको बैठकमा मन्त्री गुरुङले थप समय मागेका हुन्। कानुनमन्त्री गुरुङले केही विषय थप स्पष्ट पार्नुपर्ने भन्दै समय मागेपछि प्रक्रिया केही लम्बिने भएको छ।

समितिको आगामी बैठकमा मस्यौदा पेश गर्ने सहमति भएको जनाइएको छ। द्वन्द्वपीडितलगायत सरोकारवालाले उठाउँदै आएका सवाललाई संवोधन गर्न विवादास्पद बिषय परिमार्जन गर्न मन्त्री गुरुङले गृहकार्यका लागि समय मागेका हुन्। 
 

प्रकाशित मिति: १७:०४ बजे, आइतबार, फागुन २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्