Kathmandu Press

राष्ट्रिय गौरवका आयोजनाको प्रगतिबारे प्रधानमन्त्रीले गरे छलफल

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उक्त छलफल भएको हो। छलफलका लागि प्रधानमन्त्री प्रचण्डले भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला, सचिव केशव शर्मा, विभागीय प्रमुख र मन्त्रालयका सहसचिवलगायतलाई डाकेका थिए।
राष्ट्रिय गौरवका आयोजनाको प्रगतिबारे प्रधानमन्त्रीले गरे छलफल

काठमाडौं, फागुन २० : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग राष्ट्रिय गौरवका आयोजनाको प्रगतिबारे छलफल गरेका छन्। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उक्त छलफल भएको हो। छलफलका लागि प्रधानमन्त्री प्रचण्डले भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला, सचिव केशव शर्मा, विभागीय प्रमुख र मन्त्रालयका सहसचिवलगायतलाई डाकेका थिए।

Hardik ivf

छलफलमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय गौरवका आयोजनाको नियमित अनुगमन गरिरहेको बताउँदै आयोजनाको लागत बढेमा आयोजना प्रमुख स्वयम् जिम्मेवार हुनेगरि निर्देशित गर्न निर्देशन दिएको जनाइएको छ। यस्तै, राष्ट्रिय गौरवका आयोजनाको कार्यसम्पादनको व्यवस्था मिलाउन समेत मन्त्री र सचिवलाई प्रधानमन्त्रीले निर्देशन दिएका छन्। 

छलफलका क्रममा प्रधानमन्त्रीले उत्तरदक्षिण (कोशी करिडोर), खाँदबारी–किमाथांका सडक योजना, कालीगण्डकी करिडोर र कर्णाली करिडोरको प्रगति अवस्थाबारे जानकारी लिइएको थियो। त्यस अवसरमा प्रधानमन्त्री प्रचण्डले विकास आयोजनाका काममा उच्च प्राथमिकता दिन र आयोजना प्रमुखलाई फिल्डमै बसेर काम गर्ने वातावरण बनाउन सुझाएको बताइएको छ।

विकास आयोजनाका कामलाई उच्च प्राथमिकतामा राखिनुपर्ने भनाई प्रचण्डको थियो। छलफलका क्रममा सरकार, मन्त्रालय र आयोजनाले निर्धारित काम तोकिएको समयमा पूरा नगर्दा आयोजनाको लागत बढ्दै गएको भन्दै बेथिति अन्त्यका लागि गम्भीर बन्न पनि निर्देशित गरेको जनाइएको छ। 
 
प्रकाशित मिति: १६:४८ बजे, आइतबार, फागुन २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्