Kathmandu Press

सालिन पोखरेलको मृत्यु आपराधिक घटना : शिक्षामन्त्री राई

उनले छात्राबास निर्देशिकाको कडाइका साथ पालना गर्ने, विद्यालय तथा छात्रावासको प्रभावकारी अनुगमन र नियमन गर्नुपर्नेमा जोड दिए।
सालिन पोखरेलको मृत्यु आपराधिक घटना : शिक्षामन्त्री राई

काठमाडौं, फागुन २० : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले चितवनमा बालिका मृत्यु प्रकरणबारे सरकारले गृह मन्त्रालयअन्तर्गत मातहतका निकायले छानबिन गरिरहेको जानकारी पाएको भन्दै उक्त आपराधिक घटनाको छानबिन गरी दोषीलाई कडा कारबाही गरिनुपर्ने माग गरे। 

'दुःखद घटना सरकारको जानकारीमा आइसकेको छ। यसबारे गम्भीर रुपमा छानबिन भइरहेको छ। बालिका मृत्यु प्रकरण अपराधको घटना हो', समितिको बैठकमा मन्त्री राईले भने, 'घटनाको कडाइका साथ अध्ययन अनुसन्धान गरिनुपर्छ। हत्या वा आत्महत्या भए पनि दुरुत्साहनको अवस्थामा पुर्‍याउने परिस्थितिबारे अनुसन्धान जरुरी छ।'

Hardik ivf

उनले छात्राबास निर्देशिकाको कडाइका साथ पालना गर्ने, विद्यालय तथा छात्रावासको प्रभावकारी अनुगमन र नियमन गर्नुपर्नेमा जोड दिए।

शिक्षामन्त्री राईले बालिका मृत्युको घटना अत्यन्तै पीडादायी भएको भन्दै आत्महत्या र बलात्कारपछि हत्याका घटना बढिरहेकाले यसलाई न्यूनीकरण गर्न सबै सरोकारवाला निकाय गम्भीर हुनुपर्नेमा जोड दिए।

मन्त्री राईले त्रिवि सेवा आयोगको रिक्त सदस्य मनोनयनका निम्ति उपकुलपतिलाई सिफारिस गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले बालगृहको सुधार र अनुगमनका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग समन्वय गरेर प्रभावकारी काम अगाडि बढाइने जानकारी दिए।

प्रकाशित मिति: १६:३६ बजे, आइतबार, फागुन २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्