Kathmandu Press

उद्योग वाणिज्य महासंघले सरकारलाई दियो १० हजार थान मास्क 

काठमाडौं, चैत ५ : उद्योग वाणिज्य महासंघले सरकारलाई १० हजार थान मास्क र तीन सय थान प्रसनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई)उपलब्ध गराएको छ। 

....
उद्योग वाणिज्य महासंघले सरकारलाई दियो १० हजार थान मास्क 

काठमाडौं, चैत ५ : उद्योग वाणिज्य महासंघले सरकारलाई १० हजार थान मास्क र तीन सय थान प्रसनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई)उपलब्ध गराएको छ। 

महासंघले बुधबार उद्योगमन्त्री लेखराज भट्टलाई ती सामग्री हस्तान्तरण गरेको हो। महासंघले उपलब्ध गराएका सामग्री उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको प्रवक्ता प्रकाश दाहालले जानकारी दिए।

विश्वव्यापी महाहारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको त्रास बढिरहेका बेला बजारमा सर्जिकल मास्क, ह्याण्ड स्यानिटाइजर लगायतका सामग्रीको अभाव रहँदै आएको छ।

गत चैत २ मा मन्त्री भट्टले महासंघ, परिसंघ र नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीलाई मास्क, स्यानिटाइजर लगायतको पर्याप्त आपूर्ति गर्न र विक्रीवितरण गर्न निर्देशन दिएको थियो।
 

प्रकाशित मिति: १८:२३ बजे, बुधबार, चैत ५, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्