Kathmandu Press

मेयर बालेन्द्र साहविरुद्ध कवाड व्यवसायी सडकमा 

काठमाडौँमा सञ्चालित कवाडी व्यवसाय हटाउन महानगरले डोजर चलाएको विरोधमा आइतबार दिउँसो मेयर साहविरुद्ध प्रदर्शन गरेका हुन्।
मेयर बालेन्द्र साहविरुद्ध कवाड व्यवसायी सडकमा 

काठमाडौं, फागुन २० : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध कवाड व्यवसायी सडकमा उत्रिएका छन्। 

काठमाडौँमा सञ्चालित कवाडी व्यवसाय हटाउन महानगरले डोजर चलाएको विरोधमा आइतबार दिउँसो मेयर साहविरुद्ध प्रदर्शन गरेका हुन्।

Hardik ivf

उनीहरुले सरकारी निकायमा दर्ता गरी करसमेत बुझाइरहेके अवस्थामा व्यवसायमाथि आक्रमण भएको बताएका छन्। व्यवसायीहरुले पानीपरिरहेका बेला पनि काठमाडौँका विभिन्न स्थान परिक्रमा गर्दै प्रदर्शन गरेका थिए।

पेशा व्यवसाय सुरक्षा र अधिकारको मागसहित महानगर प्रमुख साहविरुद्ध  सडकमा नाराबाजी गरिएको थियो। 
 
प्रकाशित मिति: १६:०६ बजे, आइतबार, फागुन २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्