Kathmandu Press

राष्ट्रियसभाको ६ वर्षे कार्यकालमा प्रभावकारी भूमिका निर्वाह भएकाे छ : रमेशजंग रायमाझी

६ वर्षे कार्यकाल पुरा हुनुअघि आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाले राष्ट्रियसभामा प्रतिपक्षी र सत्तापक्ष नभनी प्रभावकारी भूमिका निर्वाह गरेको बताएका हुन्।
राष्ट्रियसभाको ६ वर्षे कार्यकालमा प्रभावकारी भूमिका निर्वाह भएकाे छ : रमेशजंग रायमाझी

काठमाडाैं, फागुन २० : नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता रमेशजंग रायमाझीले राष्ट्रियसभाको ६ वर्षे कार्यकालमा प्रभावकारी भूमिका निर्वाह गरेको बताएका छन्।

६ वर्षे कार्यकाल पुरा हुनुअघि आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाले राष्ट्रियसभामा प्रतिपक्षी र सत्तापक्ष नभनि प्रभावकारी भूमिका निर्वाह गरेको बताएका हुन्। उनले सरकारले समयमा नै विधेयकहरु नल्याउदा कानून निर्माणमा भने सोचेजस्तो काम गर्न नसकेको धारणा राखे।

Hardik ivf

सरकारले ल्याएका विधेकहरुलाई राष्ट्रिय सभा संसदीय दलले आन्तरिक छलफल गरि आवश्यकता अनुसार संशोधन पनि दर्ता गरेको उनको भनाइ छ। उनले संक्रमणकालीन न्याय, निजामती ऐन लगाएत महत्वपूर्ण विधेयकमाथि छलफल गर्न नपाउदा दुःख लागेको बताए।

कांग्रेस राष्ट्रिय सभा संसदीय दलका प्रमुख सचेतक अनिता देवकोटाले राष्ट्रियसभाको गरिमा बचाउन भूमिका खेलेको बताइन्। राष्ट्रिय सभाबाट कांग्रेसका तर्फबाट चार जना सदस्य ६ वर्षे कार्यकाल पुरा गरि बिदा हुँदैछन्।

प्रकाशित मिति: १५:३१ बजे, आइतबार, फागुन २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्