Kathmandu Press

काठमाडौं उपत्यकाभित्र तत्काल १२० वटा आईसीयू बेडको व्यवस्था

काठमाडौं, चैत ५ : सरकारले काठमाडौं उपत्यकाभित्र तत्काल एक सय २० वटा आईसीयू बेडको व्यवस्था गर्ने भएको छ।

कोभिड–१९ रोकथाम तथा ....

काठमाडौं उपत्यकाभित्र तत्काल १२० वटा आईसीयू बेडको व्यवस्था

काठमाडौं, चैत ५ : सरकारले काठमाडौं उपत्यकाभित्र तत्काल एक सय २० वटा आईसीयू बेडको व्यवस्था गर्ने भएको छ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले बुधबार बसेको बैठकले तत्काल १२० वटा आईसीयू बेडको व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो।  

बैठकले टेकु अस्पताल, आयुर्वेद अस्पताल कीर्तिपुर, नेपाली सेनाको अस्पताल, सशस्त्र प्रहरीको अस्पताल, वीर अस्पताल र पाटन अस्पतालमा २०–२० वटा  गरी कुल १२० वटा आईसीयू बेडको व्यवस्था गर्ने निर्णय गरेको छ।

काठमाडौं उपत्यकाभित्र कोरोना भाइरसका संक्रमित भेटिए उनीहरुलाई यी ६ वटा अस्पतालमा राखिने छ। 

यस्तै, प्रदेशहरुमा आवश्यकता अनुसार कम्तिमा ११५ वटा आईसीयू वेडको व्यवस्था स्वास्थ्य मन्त्रालयले नै गर्ने बैठकले निर्णय गरेको छ। 

यस्तै, खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्र लगायतका काठमाडौं उपत्यकामा स्वास्थ्य मन्त्रालयले तोकका विभिन्न अस्पताल तथा भवनहरुमा एक हजारसम्मको वेडको व्यवस्था मिलाउने छ। 

यस्तै, बैठकले प्रदेश सरकारलाई आवश्यकताका आधारमा आइसोलेसन वार्ड तथा बेडको व्यवस्था मिलाउन निर्देशन दिएको छ। 

प्रकाशित मिति: १८:०४ बजे, बुधबार, चैत ५, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्