Kathmandu Press

झुन्डिएर सालिनकाे मृत्यु भएको पोस्टमार्टम रिपोर्ट

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको पोस्टमार्टम जाँचको प्रतिवेदन चिकित्सकहरुले आइतबार तयार गरेकाे र त्यसमा झुन्डिएका कारण सालिनकाे मृत्यु भएको उल्लेख रहेको स्रोतकाे भनाइ छ।
झुन्डिएर सालिनकाे मृत्यु भएको पोस्टमार्टम रिपोर्ट

काठमाडौं, फागुन १८ : चितवनको रत्ननगरस्थित शिशु निकेतन माविको छात्रावासमा मृत फेला परेकी बालिका १४ वर्षीया सालिन पोखरेलको पोस्टमार्टम रिपोर्ट आएको छ। पोस्टमार्टम रिपोर्टले ‘झुण्डिएको कारण’ उनकाे मृत्यु भएको देखाएको छ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको पोस्टमार्टम जाँचको प्रतिवेदन चिकित्सकहरुले आइतबार तयार गरेकाे र त्यसमा झुन्डिएका कारण सालिनकाे मृत्यु भएको उल्लेख रहेको स्रोतकाे भनाइ छ।

Hardik ivf

फागुन १२ गते बिहान बोर्डिङको होस्टलमा उनी मृत फेला परेकी थिइन्। लगत्तै जिल्ला प्रहरी कार्यालय चितवनले काठमाडौंबाट उनका बुबालाई बोलाएर मुचुल्का गरेको जनाइएको छ ।

आफन्तले बलात्कारको आशंका गरेकाले चिकित्सहरुले सालिनको संवेदनशील अंगको पनि जाँच गरेका थिए । तर पोस्टमार्टम जाँचमा शंकास्पद विषय नदेखिएको बताइएकाे छ। 

परिवारले सालिनकाे मृत्युमा शंका गर्दै गम्भीर छानबिनको माग गरेको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि घटनाबारे गम्भीर छानबिन गर्न प्रहरीलाई निर्देशन दिएको भन्दै शनिबार स्ट्याटस लेखेका थिए।

प्रकाशित मिति: १४:३६ बजे, आइतबार, फागुन २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्