Kathmandu Press

फागुन १० गते भक्तपुरमा भएकाे हत्या घटनाका एक आरोपित पक्राउ

पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका–६ का २९ वर्षका सन्तोष सुवाल छन्।
फागुन १० गते भक्तपुरमा भएकाे हत्या घटनाका एक आरोपित पक्राउ

काठमाडौं, फागुन २० : भक्तपुरमा १० फागुनमा मृत भेटिएका तेह्रथुमको छथर गाउँपालिका-२ का ३३ वर्षीय गोपाल ढकालको हत्यामा संलग्न रहेकाे आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका–६ का २९ वर्षका सन्तोष सुवाल छन्। उनी हत्याको घटनापछि फरार थिए। महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएकाे टाेलीले सुवाललाई काभ्रेको मण्डनदेउपुर नगरपालिका–६ बाट शनिबार पक्राउ गरेको हाे। सुवाल पेशाले मोटरसाइकल मिस्त्री हुन्।

Hardik ivf

फागुन १० गते गोपालकी पत्नी रेनुलाई टेलिफोनमा पति चाहिए २ लाख रुपैयाँ लिएर सूर्यविनायकको जंगलमा आउनू भनी खबर आएको थियाे। त्यसपछि रेनुले प्रहरीमा उजुरी दिएकी थिइन्। प्रहरीले खोजी गर्ने क्रममा ढकालको शव सूर्यविनायक नगरपालिका–८ स्थित रोधन बस्नेतको गोठमा फेला परेको थियो।

सुवालको साथबाट ढकालको मोबाइल र ज्याकेट बरामद भएको प्रहरीकाे भनाइ छ। यसअघि पनि चोरी घटनामा पक्राउ चार महिना कारागार बसेका सुवाल भद्र मुद्दामा पनि पक्राउ परेका थिए।

घटना हुनुभन्दा केही दिनअघि ढकाल र सुवालको भेट भट्टीमा भएको थियो। ङटनाकाे दिन सँगै रक्सी खाएर उनीहरु बस्नेतको गोठमा गएका थिए। रक्सीले मातेकाे सुरमा सुवालले ढकालकी पत्नीलाई ढकालकै मोबाइलबाट ‘कल’ गरेर पैसा मागेको र पछि सुवालीकी पत्नीलाई ढकालले दुर्व्यवहार गर्न खोजेपछि हत्यासम्मकाे घटना भएकाे अनुसन्धानबाट खुलेकाे बताइउकाे छ।

प्रकाशित मिति: १३:०७ बजे, आइतबार, फागुन २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्