सरकारको निर्देशन- अत्यावश्यक काममा बाहेक आवतजावत र हिँडडुल नगर्नू
काठमाडौं, चैत ५ : सरकारले अत्यावश्यक काममा बाहेक आवतजावत र हिँडडुल नगर्न निर्देशन दिएको छ।
कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्त....

काठमाडौं, चैत ५ : सरकारले अत्यावश्यक काममा बाहेक आवतजावत र हिँडडुल नगर्न निर्देशन दिएको छ।
कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले बुधबार बसेको बैठकले अत्यावश्यक काममा बाहेकका बाहिर आवतजावत र हिँडडुल नगर्न निर्देशन दिएको हो।
विश्वभर कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि सरकारले सांस्कृतिक, सामाजिक कार्यहरुमा पार्टी प्यालेस, मठमन्दिर, गम्बा, मस्जिद, चर्च जस्ता धार्मिक र सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढी मानिसहरु भेला हुन बन्द गर्ने पनि निर्णय गरेको छ।
त्यसको अनुगमन गर्ने जिम्मेवारी गृह मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दिइएको छ।
यस्तै, बैठकले सार्वजनिक सवारीसाधानहरुमा सिट क्षमताभन्दा बढी यात्रु ओसारपसार नगर्न नगराउन यातायात व्यवसायीलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ।
सर्वसाधारण नागरिकहरुलाई भिडभाड गरी यात्रा नगर्न अनुरोध पनि बैठकले गरेको छ। साथै त्यसको अनुगमन गर्न नेपाल प्रहरीलाई ज्म्मिेवारी दिइएको छ।











