Kathmandu Press

शालिन पोख्रेलको रहस्यमय मृत्युको छानबिन गर्न कांग्रेसको माग

शालिन पोख्रेलको रहस्यमय मृत्युको छानबिन गर्न कांग्रेसको माग

काठमाडौं, फागुन १९: नेपाली कांग्रेसले चितवनको रत्ननगर नगरपालिका–१० स्थित शिशु निकेतन बोर्डिङ स्कूलकी १४ वर्षीया छात्रा शालिन पोखरेलको मृत्यु भएको घटनासँग जोडिएका शंकास्पद विवरणहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसले उज्यालो भविष्यका लागि अध्ययन गरिरहेकी बालिका मृत भेटिनु आफैंमा दुखःद् भएको भन्दै आत्महत्या दुरुत्साहन या हत्याको आशंकाको स्थिति अत्यन्तै गम्भीर रहेको बताएको छ । 

Hardik ivf

‘विद्यालयको अभिभावकत्वमा उज्यालो भविष्यका लागि अध्ययन गरिरहेकी एउटी बालिकाको आकस्मिक बिदाई आफैंमा अत्यन्तै दुःखद त भएको छ नै,झुन्डिएको अवस्थामा मृत भेटिनु र त्यसपछिल्तिर आत्महत्या दुरुत्साहन या हत्याको आशंकाको स्थिति अत्यन्तै गम्भीर छ । नेपाली कांग्रेस यो घटनालाई निष्पक्ष ढंगले गहन अनुसन्धान गरी छिटो भन्दा छिटो सत्य, तथ्य बाहिर ल्याउन र दोषीलाई हदैसम्मको कार्वाहीका लागि सरकारसँग जोडदार माग गर्दछ,’ मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । 

त्यस्तै पार्टीले बालिका शालिन पोखरेलप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति गहिरो समवेदना समेत प्रकट गरेको छ ।

प्रकाशित मिति: १८:३० बजे, शनिबार, फागुन १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्