Kathmandu Press

‘युवालाई नेतृत्वदायी भूमिका प्रदान गर्न सरकार क्रियाशील’

राष्ट्रिय युवा परिषद्को नवौँ स्थापना दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले नवीन सोच र उद्यमशील युवालाई राज्यको समग्र क्षेत्रमा नेतृत्वदायी भूमिका प्रदान गर्न सरकार क्रियाशील रहेको बताए।
‘युवालाई नेतृत्वदायी भूमिका प्रदान गर्न सरकार क्रियाशील’

काठमाडौं, फागुन १९ : युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले युवालाई रोजगारी सिर्जना गरी उद्यमशीलता, क्षमता र नेतृत्व विकासमा सरकारले जोड दिइएको बताएका छन्। 

राष्ट्रिय युवा परिषद्को नवौँ स्थापना दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले नवीन सोच र उद्यमशील युवालाई राज्यको समग्र क्षेत्रमा नेतृत्वदायी भूमिका प्रदान गर्न सरकार क्रियाशील रहेको बताए।

Hardik ivf

'मुलुकको कूल जनसङ्ख्याको ४२।५६ प्रतिशत हिस्सा युवाले ओगटेका छन्। युवालाई रोगजार सिर्जना गरी उद्यमशीलता, क्षमता र नेतृत्व विकासमा सरकारले जोड दिइरहेको छ', मन्त्री लिम्बूले भने। युवाको सक्रिय सहभागितामा मुलुकको विकास र भविष्य निर्भर हुने भएकाले युवा सशक्तीकरणका लागि राष्ट्रिय युवा नीति अद्यावधिक गर्दै क्षमता विकास गरिने उनको भनाइ छ।

मन्त्री लिम्बूले नवीन सोच, सुसंस्कृत, स्वरोजगार र आत्मनिर्भर युवा राष्ट्रनिर्माणको मेरुदण्ड भएको उल्लेख गर्दै सरकारले चालू आर्थिक वर्षलाई युवा उद्यमशीलता प्रवर्द्धन वर्षका रुपमा घोषणा गरेको जानकारी दिए। 

स्थापना दिवसका अवसरमा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले सन्देश दिँदै युवाको क्षमता, सीप, नेतृत्व र उद्यमशीलताको विकासमा जोड दिइएको बताए। समृद्ध राष्ट्र निर्माणका स्वस्थ, कर्मठ र उद्यमी युवा तयार गर्नु आजको आवश्यकता रहेको उनको भनाइ छ।

उपाध्यक्ष बस्नेतले युवाको सर्वाङ्गीण विकासका निमित्त नेपालको संविधान, दिगो विकासका लक्ष्य, विश्व मञ्चमा व्यक्त प्रतिबद्धता, योजना आयोगको प्रतिवेदन, राष्ट्रिय युवा नीति, युथ भिजन २०२५ र १० वर्षे रणनीतिक योजनाले निर्दिष्ट गरेका मार्गचित्रका आधारमा दृढतापूर्वक अघि बढ्नुपर्ने बताए। 

युवाको हकहित संरक्षण गरी उनीहरुलाई नीति निर्माणदेखि कार्यान्वयन तहसम्म संलग्न गराई राष्ट्रिय विकासको मूल प्रवाहमा समावेश गर्ने उद्देश्यले विसं २०७२ फागुन १९ गते परिषद्को स्थापना भएको थियो। अहिले सातवटै प्रदेश र जिल्ला तहमा परिषद् गठन गरिएको छ। स्थापना दिवसका अवसरमा आज विभिन्न कार्यक्रमको आयोजना गरिएको छ।

प्रकाशित मिति: १२:१६ बजे, शनिबार, फागुन १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्