Kathmandu Press

सिनेमा हल, डान्स बार र क्लब डेढ महिनाका लागि बन्द गर्ने सरकारको निर्णय

काठमाडौं, चैत ५ : सरकारले डेढ महिनाका लागि सिनेमा हल, खेलस्थल, जीम, डान्स बार, क्लब लगायत बन्द गर्ने निर्णय गरेको छ।

उपप्रधान एवं रक्षा....

सिनेमा हल, डान्स बार र क्लब डेढ महिनाका लागि बन्द गर्ने सरकारको निर्णय

काठमाडौं, चैत ५ : सरकारले डेढ महिनाका लागि सिनेमा हल, खेलस्थल, जीम, डान्स बार, क्लब लगायत बन्द गर्ने निर्णय गरेको छ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजक रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले आगामी अप्रिल ३० सम्मका लागि बन्द गर्ने निर्णय गरेको हो।

सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेलस्थल, जीम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थान, डान्स बार तथा क्लब आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गरिने छ,’ निर्णयमा भनिएको छ।

बैठकले त्यसको अनुगमनका लागि  गृहमन्त्रालय, संस्कृतिक, पर्यटन तथा नागरिक उड्डायन मन्त्रायल र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई जिम्मेवारी दिएको छ।
 

प्रकाशित मिति: १७:३१ बजे, बुधबार, चैत ५, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्