Kathmandu Press

बाँसबारी छाला जुत्ता कारखानाले हडपेको जग्गा राज्यकाे नाममा आउँछ : गृहमन्त्री श्रेष्ठ

उनले  सुशासन र संमृद्धिका लागि ब्युरोक्रेसिका उच्च तहका मान्छे र राजनीतिमा पहुँच राख्ने सम्पतिशाली मान्छेले जे पनि गर्न सक्छन् भन्ने कुरालाई आफूले खण्डित गरेरै छाड्ने बताए।
बाँसबारी छाला जुत्ता कारखानाले हडपेको जग्गा राज्यकाे नाममा आउँछ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं, फागुन १९ : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलेबाँसबारी छाला जुत्ता कारखानाले हडपेको सरकारी जग्गा सरकारको नाममा आउनेमा शंका गर्नै नपर्ने बताएका छन्। 

शनिबार ललितपुरको पाटनमा आयोजित ‘गृहमन्त्री सँग संमृद्धि र सुशासनका कुरा’ नामक अन्तरक्रिया कार्यक्रममा उनले  सुशासन र संमृद्धिका लागि ब्युरोक्रेसिका उच्च तहका मान्छे र राजनीतिमा पहुँच राख्ने सम्पतिशाली मान्छेले जे पनि गर्न सक्छन् भन्ने कुरालाई आफूले खण्डित गरेरै छाड्ने बताए।

Hardik ivf

बाँसबारी जुत्ता कारखानाले सरकारी जग्गा हडपेकोप्रकरणमा व्यत्तिगत रुपमा कसैलाई केही नभन्ने उल्लेख गरेका उनले कारखानाले हडपेको उक्त जग्गा सरकारको नाममा ल्याउनेमा आफू विश्वस्त रहेको बताए। 
‘बाँसबारीको जुत्ता कारखानाको प्रकरण हामीले कारबाहीको रुपमा प्रकृया अगाडि बढाएका छौं। र त्यो मालपोतद्वारा त्यो जग्गा राज्यकै नाममा आउने कुरामा म विश्वस्त छु’ गृहमन्त्री श्रेष्ठले भने।

आर्थिक,सामाजिकलगायत हरेक क्षेत्रमा सुशासन स्थापित गर्न खोजिरहेको उल्लेख गरेका उनलेनेपालमा राम्रो काम गर्न कठिन भएको बताए। आफूले जुनसुकै ठूला प्रकरणमाठूला मान्छेलाई समात्ने वित्तिकै दबाब र धम्की आउने गुनासो गृहमन्त्रीले गरे।  उनले भने, ‘हरेक क्षेत्रमा सुशासन स्थापित गर्न खोजिँदै छ। तर, यहाँ दुर्भाग्य छ,दुःख नमान्नुहोला राम्रो काम गर्न बडो कठिन छ। तर,पनि गर्नै पर्छ।’

नेपाल विकासका दृष्टिले अत्यन्तै राम्रो रहेको चर्चा गरेका उनले देशलाई कुनै हालतमा वृद्धाश्रम बन्न नदिने संकल्पको आवश्यकता रहेको चर्चा गरे। हरेक वर्ष युवा पलायनको बढ्दो ट्रेण्डलाई रोक्नुपर्नेमा जोड दिएका उनले देश बनाउने संकल्प गरेर सबै एकताबद्ध भए संमृद्धि सम्भव भएको बताए। 

‘यो देशको मुहार फेर्नैपर्छ वृद्राश्रम र असफल राज्य बन्न दिनुहुँदैन। यो देश सुन्दर,स्वाधिन र लोकतान्त्रिक छ तर, देश संमृद्ध देश पनि बन्छ भन्ने संकल्प गरेर हामी अगाडि बढ्नुपर्न। हामी एकताबद्ध भएर लागेपछि देशको संमृद्धि सम्भव छ,’ गृहमन्त्री श्रेष्ठले भने।
 

प्रकाशित मिति: ११:३० बजे, शनिबार, फागुन १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्