Kathmandu Press

माझी राष्ट्रिय गीतको लोकार्पण

माझी चलचित्र कर्मी संघद्वारा शनिबार चलचित्र विकास बोर्डमा आयोजित सांस्कृतिक कार्यक्रमकाबीच संस्कृति पर्यटन तथा नागरिक उड्यन राज्य मन्त्री सुसिला सिर्पाली ठकुरीको उपस्थितिमा उक्त गीत सार्वजनिक गरिएको हो।
माझी राष्ट्रिय गीतको लोकार्पण

काठमाडौं, फागुन १९ : माझी समुदायको महान प्रकृतिक चाड लदि पर्व तथा घाट पुजाको अवसर पारेर माझी राष्ट्रिय गीतको लोकार्पण गरिएको छ।

माझी चलचित्र कर्मी संघद्वारा शनिबार चलचित्र विकास बोर्डमा आयोजित सांस्कृतिक कार्यक्रमकाबीच संस्कृति पर्यटन तथा नागरिक उड्यन राज्य मन्त्री सुसिला सिर्पाली ठकुरीको उपस्थितिमा उक्त गीत सार्वजनिक गरिएको हो।  

उक्त गीतलाई माझि समुदायको राष्ट्रिय गीत समेत भनिएको छ। माझी समुदायका लेखक तथा चलचित्र निर्देशक, माझी गीत संगित, भाषा र इतिहासका ज्ञाता मानिने सोम कुस्कुमाझीले सो गीत लेखेका हुन्। 
जसलाई माझी किंगले परिचित दर्जनौं माझी तथा नेपाली गीतमा स्वर र संगित दिएका गायक यमन माझीले संगित भरेका छन्। 

गीतमा माझी चलचित्र कर्मी संघका उपाध्यक्ष विवस कुमार माझी,बाबुराम माझी, विसाल माझी, सोम बहादुर माझी, रोहन माझी, पुरुसोत्तम माझी, महेश माझी, अमृता माझी, रिता माझी, सरिता माझी, अनिसा माझी, यमन माझी लगायतले स्वर दिएका छन्। 

गीतको लक्षु प्रकाश मल्लले एरेन्ज गरेका हुन भने मनोज डंगोलले ध्वनी सम्पादन गरेका हुन्।
 
प्रकाशित मिति: १०:०५ बजे, शनिबार, फागुन १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्