कोरोना प्रभावित युरोप, पश्चिम एसियालगायत खाडी मुलुकबाट नेपाल आउन प्रतिबन्ध
काठमाडौं, चैत ५ : सरकारले कोरोना भइरसको संक्रमण फैलिएको देशहरुबाट नेपाल आउन पूर्ण प्रतिबन्ध लगाएको छ।
कोरोना भाइरस संक्रमणको जोखिमलाई ध....

काठमाडौं, चैत ५ : सरकारले कोरोना भइरसको संक्रमण फैलिएको देशहरुबाट नेपाल आउन पूर्ण प्रतिबन्ध लगाएको छ।
कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राख्दै बुधबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट नेपाल आउन रोक लगाएको हो।
समितिले २० मार्च २०२० देखि लागु हुनेगरी १५ अप्रिल २०२० सम्मकाे लागि आवागमानमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।
साथै, सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी मानिस भेला हुन नपाउने भएको छ। त्यस्तै, धेरै भीडभाड हुने स्थान फिल्म हल, जिम हल, नाइट क्लबलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने निर्णय गरेको छ।











