Kathmandu Press

अपांगता भएका महिलाको राष्ट्रिय सम्मेलन सुरु

‘मलाइ पनि तिमिसँगै गणना गरः मेरो आवाजले अर्थ राख्छ’ भन्ने नाराका साथ आजदेखि सुरु सम्मेलन काठमाडौँ घोषणापत्र जारी गर्दै यही फागुन २० गते सम्पन्न हुनेछ। 
अपांगता भएका महिलाको राष्ट्रिय सम्मेलन सुरु

काठमाडौं, फागुन १८ : अपांगता भएका महिलाहरूको राष्ट्रिय सम्मेलन आजदेखि यहाँसुरु भएको छ। ‘मलाइ पनि तिमिसँगै गणना गरः मेरो आवाजले अर्थ राख्छ’ भन्ने नाराका साथ आजदेखि सुरु सम्मेलन काठमाडौँ घोषणापत्र जारी गर्दै यही फागुन २० गते सम्पन्न हुनेछ। 

कार्यक्रममा सातै प्रदेशबाट ३६ जना अपांगता भएका महिला र महिला एवं अपांगताको क्षेत्रमा काम गर्दै आएका राष्ट्रिय स्तरका संस्थाका प्रतिनिधि गरी ९० जनाभन्दा बढीको सहभागिता छ। अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भमा महिला र अपांगताका क्षेत्रमा काम गर्दै आएका संस्थाहरु दलित महिला सङ्घ (फेडो), राष्ट्रिय आदिवासी जनजाती अपाङ्ग महिला सङ्घ नेपाल, नेत्रहीन महिला सङ्घ नेपाल, एक्सेस प्लानेट नेपाल र पहिचान नेपालको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो। 

Hardik ivf

सम्मेलनको प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगर उद्घाटन गर्नुभयो। सम्मेलनमा राष्ट्रियसभा सदस्य पदम परियार, राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली, समावेशी आयोगका प्रतिनिधिलगायतको समेत उपस्थिति छ। उपसभामुख रानामगरले अपांगता भएका महिलाका सवालमा आफू चिन्तित रहेको र आफ्नो तर्फबाट नीतिगत तहबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। 

दलित महिला संघ ९फेडो०को अध्यक्ष कला स्वर्णकारले अपांगता भएका महिलाहरुको विविधता, अन्तरसम्बन्धताका सवाल, अर्थपूर्ण सहभागिता र न्यून प्रतिनिधित्व तथा सिमान्तकृत अपांगता भएका महिलाहरुको सवाल एवं समस्याको पहिचान गरी सोको सम्बोधनका लागि नीति निर्माणको निर्णायक तहका व्यक्ति र सरोकारवाला निकायलाई दबाब दिने उद्देश्यले  सम्मेलन आयोजना गरिएको बताए।

प्रकाशित मिति: १७:५० बजे, शुक्रबार, फागुन १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्