Kathmandu Press

भरतपुरमा पर्यटन विकासको सम्भावना प्रचुर : ओली

नारायणी नदी किनारमा शुक्रबार आयोजित भरतपुर भ्रमण वर्ष २०२४ उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भरतपुर पूर्वपश्चिम राजमार्ग र हुलाकी राजमार्गसमेत छोएको ठाउँ भएकाले पर्यटनको प्रचुर सम्भावना रहेको बताए। 
भरतपुरमा पर्यटन विकासको सम्भावना प्रचुर : ओली

काठमाडौं, फागुन १८ : एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुर पर्यटन विकासको प्रचुर सम्भावना भएको ठाउँ रहेको बताएका छन्। 

नारायणी नदी किनारमा शुक्रबार आयोजित भरतपुर भ्रमण वर्ष २०२४ उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भरतपुर पूर्वपश्चिम राजमार्ग र हुलाकी राजमार्गसमेत छोएको ठाउँ भएकाले पर्यटनको प्रचुर सम्भावना रहेको बताए। 

Hardik ivf

उनले भने,‘उत्तरदक्षिण बाटो, पूर्वपश्चिम राजमार्ग, हुलाकी राजमार्गसहितले छोएको यस्तो ठाउँ यहाँ पर्यटनको प्रचुर सम्भावना छ। मैले आफ्नो समयमा नदीको बाटोबाट गंगा नदी जोड्ने र हाम्रो कोशी, नारायणी, कर्णाली जस्ता नदीहरुलाई प्रयोग गरेर नदीको बाटोबाट कोलकाता बंगालसम्म जोडिने कुरालाई अगाडि बढाएको थिएँ।’ 

अध्यक्ष ओलीले भरतपुर देशका विभिन्न क्षेत्रबाट बसाइसराई गरेर आएका र यहाँका आदिवासीको सुन्दर सम्मिश्रणको सहर भएको बताए। 

भरतपुरमा पूर्वाधार विकाससँगै कृषि, शिक्षा, स्वास्थ्य क्षेत्रको केन्द्र बनाउन सकिने भन्दै यहाँको विश्वविद्यालयले कृषि क्षेत्रमा मार्गदर्शनको काम गर्न सक्नुपर्ने भनाइ उनले राखे।
 
प्रकाशित मिति: १८:१० बजे, शुक्रबार, फागुन १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्