Kathmandu Press

राष्ट्रियसभा अध्यक्षको दाबीले गठबन्धनमा कुनै समस्या आउँदैन : उपप्रधानमन्त्री खड्का

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस उपसभापतिसमेत रहेका उनले त्यस्तो बताएका हुन्।
राष्ट्रियसभा अध्यक्षको दाबीले गठबन्धनमा कुनै समस्या आउँदैन : उपप्रधानमन्त्री खड्का

काठमाडाैं, फागुन १८ : उपप्रधान एवं रक्षामन्त्री पूर्ण बहादुर खड्काले राष्ट्रियसभा अध्यक्ष चयनको विषयमा गठबन्धनले नै टुङ्गो लगाउने र सर्वसम्मत उम्मेदवार दिने बताएका छन्।

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस उपसभापतिसमेत रहेका उनले त्यस्तो बताएका हुन्।

Hardik ivf

निर्वाचनका बेला जनताको विश्वास लिएर गठबन्धन बनाएको भन्दै पाँचै वर्ष गठबन्धन चल्ने उनले बताए। राष्ट्रियसभा अध्यक्षको दाबीले गठबन्धनमा कुनै समस्या नभएको उनको भनाइ छ।

उनले गठबन्धनभित्र केही समस्या भए छलफलबाटै निष्कर्षमा पुगिने जिकिर गरे। ‘केही समस्या छन् भने आपसमा बस्छौं, छलफल गरेर टुंगो लगाउँछौं’ गठबन्धनमा दायाँबायाँ हुने कल्पना समेत नगरेको भन्दै उनले भने, ‘राष्ट्रिय सभा अध्यक्षबारे सल्लाह गर्छौं, एउटा उम्मेदवार दिन्छौं।’

प्रकाशित मिति: १७:१५ बजे, शुक्रबार, फागुन १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्