Kathmandu Press

मिटरब्याज पीडितहरुले शुक्रबार साङ्लेजुलुस

उनीहरुले मिटरव्याजीलाई कारबाही गर, मिटरव्याजबिरुद्धको आन्दोलनलाई सफल पारौ लगाएका नारा लगाएका थिए।
मिटरब्याज पीडितहरुले शुक्रबार साङ्लेजुलुस

काठमाडाैं, फागुन १८ : विभिन्न माग राख्दै आन्दोलन गरिरहेका मिटरब्याज पीडितहरुले शुक्रबार साङ्लेजुलुस निकालेका छन्।

आफुहरुको मागको छिटो सुनुवाई गर्नुपर्ने भन्दै उनीहरुले एकआपसमा साङ्लोले बाधेरे साङ्लेजुलुस निकालेका हुन्। काठमाडौको भृकुटीमण्डपबाट सुरु भएको साङ्लेजुलुस भद्रकाली पुगेर समापन भएको थियो।

उनीहरुले मिटरव्याजीलाई कारबाही गर, मिटरव्याजबिरुद्धको आन्दोलनलाई सफल पारौ लगाएका नारा लगाएका थिए।

सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिव किसानहरुलाई निशुल्क ऋण प्रदान गर्नुपर्ने, जुनसुकै तहमा हस्तान्तरण भएको सम्पनती फिर्ता हुनुपर्ने, अधिकारसम्पन्न न्यायिक आयोग गठन हुनुपर्ने लगाएतका ६ बुँदे मागसहित मिटरब्याज तथा ठगी विरोधी किसान संघर्ष समितिले आन्दोलन गरिरहेका छन्।

प्रकाशित मिति: १७:०५ बजे, शुक्रबार, फागुन १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्