राष्ट्रियसभा अध्यक्षको विषयलाई लिएर गठबन्धनमा कुनै असर पर्दैन : मन्त्री शर्मा
शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै शर्माले गठबन्धनभित्र रहेका दलको निर्णय र नेताहरुको अभिव्यक्तिले गठबन्धनमा कुनै असर नपर्ने बताएका हुन्।
काठमाडाैं, फागुन १८ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रियसभा अध्यक्षको विषयलाई लिएर गठबन्धनमा कुनै असर नपर्ने बताएकी छन्।
शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले गठबन्धनभित्र रहेका दलको निर्णय र नेताहरुको अभिव्यक्तिले गठबन्धनमा कुनै असर नपर्ने बताएकी हुन्। उनले माओवादीभित्र राष्ट्रियसभा अध्यक्ष माओवादीले पाउनुपर्ने गरि कुरा राख्ने समझदारी बनेको र यस विषयपनि गठबन्धनभित्रै छलफल हुने जिकिर गरिन्।
राष्ट्रियसभा अध्यक्ष कांग्रेसलाई दिने सहमति नभइ समझदारी बनेपनि अहिले परिस्थीति फरक रहेको उनको भनाइ छ। शर्माले माओवादीको मागलाई गठबन्धन दलले सहयोग गर्नुपर्ने बताइन्।
प्रकाशित मिति: १७:०० बजे, शुक्रबार, फागुन १८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












