Kathmandu Press

भरतमोहन अधिकारीको पाचौं स्मृति दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइयाे

स्मृति दिवसका अवसरमा भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले काठमाडौँको चन्द्रागिरिमा विद्यार्थीलाई लक्षित गरेर सिपमूलक तालिम सुरु गरेको छ।
भरतमोहन अधिकारीको पाचौं स्मृति दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइयाे

काठमाडौं, फागुन १८ : वामपन्थी नेता स्वर्गीय भरतमोहन अधिकारीको पाचौं स्मृति दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ।

स्मृति दिवसका अवसरमा भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले काठमाडौँको चन्द्रागिरिमा विद्यार्थीलाई लक्षित गरेर सिपमूलक तालिम सुरु गरेको छ। चन्द्रागिरि नगरपालिका–१३ स्थित कंकाली माविका छात्रछात्रालाई आत्मनिर्भर बनाउन सिपमूलक प्राविधिक तालिम आयोजना गरिएको फाउण्डेशनकी सदस्य लीमा अधिकारीले जानकारी दिए।

Hardik ivf

इलेक्ट्रिक, इलेक्ट्रोनिक, प्लम्बिङ, कम्प्युटर लगाएतका सिपमूलक प्राविधिक तालिम सिकाइने र नगरका अन्य विद्यालयहरु पनि क्रमश सिपमूलक प्राविधिक तालिम सञ्चालन गरिने उनले बताए। सामूदायिक विद्यालयका विद्यार्थीहरुलाई सिप सिकाईको विकास गराउन फाउण्डेशनले सिप विकास प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको उनको भनाइ छ। उनले नेपालमा केहिपनि हुँदैन भन्दै युवाहरुमा निराशा छाएको भन्दै त्यसलाई चिर्न विद्यालयस्तरदेखि नै सीपमूलक कार्यक्रम सञ्चालन हुनुपर्ने धारणा राखे।

त्यस्तै चन्द्रागिरी नगरपालीकाका प्रमुख घनश्याम गिरीले नगरभित्रका विद्यालयमा प्राविधिक शिक्षा सुरु गर्न लागेको जानकारी दिए। उनले विद्यालयमा सुरु गरिएको सिपमूलक प्राविधिक तालिमलाई नगरले पूर्ण रुपमा सहयोग गर्ने बताए। त्यस्तै समाजसेवी रमेश प्रसाईले योग्य युवा बनाउन किताबी ज्ञानमात्रै नभई प्राविधिक ज्ञान आवश्यक रहेको बताए। 

विक्रम सम्वत् १९९३ साल वैशाख २२ गते महोत्तरीको भ्रमरपुरामा बुबा रामचन्द्र र आमा पूर्णकुमारीको कोखबाट जन्मिनुभएका अधिकारीको अधिकारीको ८२ वर्षको उमेरमा २०७५ साल फागुन १८ गते निधन भएको थियो। २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारमा भरतमोहन अर्थमन्त्री थिए।

अधिकारीले नै आफ्नो गाउँ आफैं बनाऔं कार्यक्रममार्फत हरेक स्थानीय तहमा सिधै रकम पठाउने कामको सुरुआत गरेका थिए। यस्तै वृद्धभत्ता, सामाजिक सुरक्षा भत्ता दिने कामको सुरुआत गरेका अधिकारीलाई अहिले पनि वृद्धवृद्धाले श्रद्धापूर्वक स्मरण गर्ने गर्दछन्। 

प्रकाशित मिति: १६:४१ बजे, शुक्रबार, फागुन १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्