Kathmandu Press

बिम्स्टेक बडापत्र प्रतिनिधिसभामा प्रस्तुत

शुक्रबार बसेको बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले बिम्स्टेक बडापत्र प्रस्तुत गरेका हुन्। नेपालको संविधानमा नेपाल पक्ष राष्ट्र हुने सन्धी सम्झौताको अनुमोदन संघीय कानुनबमोजिम हुने व्यवस्था छ।
बिम्स्टेक बडापत्र प्रतिनिधिसभामा प्रस्तुत

काठमाडाैं, फागुन १८ : बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) बडापत्र प्रतिनिधिसभामा प्रस्तुत भएको छ। 

शुक्रबार बसेको बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले बिम्स्टेक बडापत्र प्रस्तुत गरेका हुन्। नेपालको संविधानमा नेपाल पक्ष राष्ट्र हुने सन्धी सम्झौताको अनुमोदन संघीय कानुनबमोजिम हुने व्यवस्था छ।

Hardik ivf

बडापत्र कार्यान्वयनका लागि सदस्य राष्ट्रहरुले आन्तरिक प्रक्रिया पूरा गरी अनुमोदन गर्नुपर्ने र सबै सदस्य राष्ट्रबाट अनुमोदनको दाखिला प्राप्त भएको ३०औँ दिनदेखि सो बडापत्र लागू हुने प्रावधान रहेको छ। जसअनुसार बिम्स्टेकका अन्य ६ सदस्य राष्ट्रहरुले बडापत्र अनुमोदन गरिसकेको पनि परराष्ट्रमन्त्री साउदले जानकारी दिए।

उनले बडापत्रमा अन्तर्निहित उद्देश्य तथा सिद्धान्तहरु नेपालको परराष्ट्र नीतिअनुरुप नै रहेकाले उक्त बडापत्र अनुमोदन गर्नु उपयुक्त हुने धारणा राखे।

यसअघि भाद्रमा बसेको मन्त्रिपरिषद् बैठकले बिम्स्टेक बडापत्र अनुमोदनका लागि संघीय संसद्मा पेस गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको थियो। नेपालले सन् २००४ मा बिम्स्टेकको सदस्यता लिएको थियो। 

प्रकाशित मिति: १६:३९ बजे, शुक्रबार, फागुन १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्