को सरकारमा रहने, को नरहने भन्न सकिन्न : ओली
नले नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपालप्रति कटाक्ष गर्दै संसद्मा पनि नभएको र पार्टी पनि नभएको व्यक्ति असार १५ गते प्रधानमन्त्री हुन्छु भन्दै हिँडिरहेको पनि बताए।---frame-at-3m49s-1706871998.jpg)
काठमाडौं, फागुन १८ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको राजनीतिक परिस्थितिअनुसार को सरकारमा रहने, को नरहने भनेर भन्न सकिने अवस्था नरहेको भनाई राखेका छन्।
‘अहिलेको राजनीतिक परिस्थितिअनुसार को सरकारमा हुन्छ, को हुँदैन भन्न सकिँदैन,’ काठमाडौंको राष्ट्रिय सभा गृहमा विहीबार सुरु भएको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको सातौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले भने। उनले नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपालप्रति कटाक्ष गर्दै संसद्मा पनि नभएको र पार्टी पनि नभएको व्यक्ति असार १५ गते प्रधानमन्त्री हुन्छु भन्दै हिँडिरहेको पनि बताए।
ओलीले जिम्मेवारी र इतिहास बोकेको, देश बनाउने भिजन भएको पार्टी नेकपा एमाले रहेको दाबी समेत गरे। कार्यक्रममा ओलीले भने, ‘नेपालमा अहिलेको राजनीतिक परिस्थितिमा को सरकारमा हुन्छ, को हुँदैन भन्न सकिने अवस्था छैन। यहाँ त संसद्मा पनि नभएको, पार्टी पनि नभएको, एउटा सिट पनि नभएको मान्छे असार १५ गते प्रधानमन्त्री हुन्छु भनेर पनि हिँड्छ।’
मन्तव्यका क्रममा ओलीले राष्ट्रिय पार्टी नबनेको पार्टीको मानिस प्रधानमन्त्री बन्छु भन्दै हिँडेको भन्दै नेता नेपालको आलोचनामा समय खर्चिएका थिए।












