प्रधानमन्त्री प्रचण्डले सोमबार संसदमा सम्बोधन गर्ने जनाउ
नेकपा एमाले, राप्रपासहितका प्रतिपक्षी सांसदरहरूले प्रधानमन्त्रीले संसद् छलेको भन्दै विरोध जनाउँदै आएका छन्।
काठमाडौं, फागुन १८ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी सोमबार संसदलाई सम्बोधन गर्ने बताएका छन्।
नेकपा एमाले, राप्रपासहितका प्रतिपक्षी सांसदरहरूले प्रधानमन्त्रीले संसद् छलेको भन्दै विरोध जनाउँदै आएका छन्। प्रतिपक्षी सांसदले गत पुस १३ गते भएको बालकुमारी घटना लगायत विवादमा परेका मन्त्रीहरूबारे प्रधानमन्त्रीसँग जबाफ माग्दै आएका छन्।
शुक्रबार पनि संसद् छलेर भरतपुर भ्रमण वर्षमा सहभागी भएको भन्दै सांसदले प्रश्न उठाएका थिए। सोही सन्दर्भमा पत्र पठाउँदै सोमबार सम्बोधन गर्ने जानकारी दिइएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार संघीय संसदको प्रतिनिधि सभामा सम्बोधन गर्ने कार्यक्रम रहेको थियो। प्रधानमन्त्रीको सचिवालयले जनाए अनुसार काम विषेशले काठमाडौं उपत्यकाबाहिर रहेका कारण फागुन २१ गते सोमबार सम्बोधन गर्ने गरी व्यवस्था गरिदिन अनुरोधसहित सभामुख देवराज घिमिरेलाई पत्र पठाइएको छ।












