Kathmandu Press

उद्याेगी चौधरीको रिटमा निर्णय फाइल झिकाउन सर्वोच्चको आदेश

सर्वोच्चका न्यायाधीश डा.आनन्दमोहन भट्टराई र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले शुक्रबार उक्त आदेश दिएको हो।
उद्याेगी चौधरीको रिटमा निर्णय फाइल झिकाउन सर्वोच्चको आदेश
Hardik ivf

काठमाडौं, फागुन १८ : बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको जग्गा सरकारको नाममा ल्याउने प्रक्रिया रोक्न माग राखेर उद्दोगी अरुण चौधरीले दिएको रिटमा सर्वोच्च अदालतले निर्णय फाइल झिकाउन आदेश दिएको छ। 

सर्वोच्चका न्यायाधीश डा.आनन्दमोहन भट्टराई र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले शुक्रबार उक्त आदेश दिएको हो। सरकारले मालपोत कार्यालयमार्फत जग्गा फिर्ता ल्याउने प्रक्रिया शुरु गरेपछि चौधरीले कानुनी प्रश्न उठाउँदै सर्वोच्चमा रिट दिएका थिए। चौधरी अध्यक्ष रहेको सीजी चाँदबाग रेसिडेन्सी प्रा.लि.ले सर्वोच्च अदालतमा निवेदन दिएको हो। मालपोतले अघि बढाएको प्रक्रिया बदर गर्न रिटमा माग गरिएको छ। सर्वोच्चले सीआईबी, भूमिसुधार तथा मालपोत कार्यालयबाट निर्णय फाइल झिकाएको हो। 

सरकारी निकायबाट निर्णय फाइल आएपछि मात्र उक्त निवेदनमा माग भएबमोजिम अन्तरिम आदेश दिने वा नदिने भन्नेबारे टुंगो लाग्ने भएको छ। सीआईबीले गत माघ १८ गते चौधरीसहित बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापा र सीजी चाँदबाग रेसिडेन्सी प्रा.लि.का सञ्चालक सञ्जय ठाकुरलाई पक्राउ गरेको थियो। काठमाडौं जिल्ला अदालतले दोस्रो पटक म्याद थप गर्न अस्विकार गर्दै हाजिरी जमानीमा छाड्न वा मुद्दा बुझाउन आदेश दिएपछि उनीहरु थुनामुक्त भएका थिए। 
 

प्रकाशित मिति: १६:१० बजे, शुक्रबार, फागुन १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्