Kathmandu Press

रिङरोडभित्रका कवाडी व्यवसाय हटाउने महानगरकाे नीतिविरुद्ध प्रदर्शन

काठमाडौं महानगरपालिकाभित्र दर्ता भएका व्यवसाय हटाउन भन्दै वडा कार्यालयले पठाएको पत्रप्रति विरोध जनाउदै कवाडी व्यवसायीहरुले प्रदर्शन गरेका हुन्।
रिङरोडभित्रका कवाडी व्यवसाय हटाउने महानगरकाे नीतिविरुद्ध प्रदर्शन

काठमाडाैं, फागुन १८ : महानगरभित्र कवाडी व्यवसाय सञ्चालन गर्न नदिने काठमाडौं महानगरपालिकाविरुद्ध काठमाडौंमा प्रदर्शन भएको छ। 

काठमाडौं महानगरपालिकाभित्र दर्ता भएका व्यवसाय हटाउन भन्दै वडा कार्यालयले पठाएको पत्रप्रति विरोध जनाउदै कवाडी व्यवसायीहरुले प्रदर्शन गरेका हुन्।

Hardik ivf

उनीहरुले अनधिकृत ढंगले कवाड हटाउने कार्य बन्द गर, अदालतको निर्णयको सम्मान गर, कानूनी शासन लागू गर, हाम्रो व्यवसायमाथिको हस्तक्षेप बन्द गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए। उनीहरुले महानगरले आफुहरुमाथि ज्यादती गरेको गुनासो गरेका छन्।

काठमाडौं महानगरपालिकाको रिङरोड भित्रका कवाडी व्यवसाय हटाउने नीतिका विरुद्ध र महानगरपालिका भित्रका विभिन्न वडा कार्यालयहरुले कवाडी व्यवसायदर्ता नविकरण नगरेको भन्दै उनीहरुले आपत्ति जनाएका छन्।

आफूहरुले प्रचलित कानूनबमोजिम दर्ता गरेर सरकारलाई तिर्नुपर्ने करसमेत तिर्दै आएको र कानुनबमोजिम दर्ता गरेर व्यवसाय गर्दै आएका व्यवसायीलाई निर्वाध रुपमा व्यवसाय संचालन गर्न दिनुपर्ने उनीहरुको माग छ। 

प्रकाशित मिति: १४:२९ बजे, शुक्रबार, फागुन १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्