‘गठबन्धन सरकारका कारण व्यवस्थाप्रति नै नकारात्मक धारणा विकास हुँदै गएको छ’
शुक्रबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै पोखरेलले वर्तमान सरकार पूर्णरुपमा असक्षम र असफल देखिएको भन्दै गठबन्धन सरकारको कारण व्यवस्था प्रति नै नकारात्मक धारणा विकास हुँदै गएको बताएका हुन्।
जनकपुर, फागुन १८ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकारको कारण व्यवस्थाप्रति नै नकारात्मक धारणा विकास हुँदै गएको बताएका छन्।
शुक्रबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै पोखरेलले वर्तमान सरकार पूर्णरुपमा असक्षम र असफल देखिएको भन्दै गठबन्धन सरकारको कारण व्यवस्था प्रति नै नकारात्मक धारणा विकास हुँदै गएको बताएका हुन्।
उनले सरकार खर्च जुटाउने कुरामा पनि असफल रहेको बताए। देशको स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको प्रश्न यतिबेला इतिहासकै कमजोर भएको पोखरेलले बताए।
उहाले अभियोग लागेका व्यक्तिहरु झण्डा हल्लाउदै अख्तियारमा धाउने गरेको भन्दै बिभिन्न प्रकरणमा संलग्न मन्त्रीहरुलाई प्रधानमन्त्रीले हटाउन नसकेको तर्क गरे।
सुशासनको कुरा गर्ने सरकार भ्रष्टाचारका फाइल खोल्दा आफ्ना मान्छेका अनुहार देखिएपछि पछाडि फर्कने गरेको पोखरेलले बताए।