Kathmandu Press

‘कर्णालीका सबै पर्यटकीय स्थललाई यातायातको सहज पहुँचमा लान सरकार क्रियाशील’ 

शुक्रबार कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८० को समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले कर्णाली प्रदेशका १० वटा जिल्लमा ९ वटा राष्ट्रिय सडक सञ्जालमा आवद्ध भइसकेको बताए।
‘कर्णालीका सबै पर्यटकीय स्थललाई यातायातको सहज पहुँचमा लान सरकार क्रियाशील’ 

काठमाडौं, फागुन १८ : उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले सडक सञ्जाल विकासको माध्यमबाट कर्णाली प्रदेशका सबै सदरमुकाम तथा महत्वपूर्ण पर्यटकीय स्थलमा यातायातको सहज पहुँच पुर्‍याउन सरकार कार्यान्वयनको अन्तिम चरणमा रहेको जानकारी दिएका छन्। 

शुक्रबार कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८० को समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले कर्णाली प्रदेशका १० वटा जिल्लमा ९ वटा राष्ट्रिय सडक सञ्जालमा आवद्ध भइसकेको बताए। उनले यसै आर्थिक वर्षभित्र हुम्ला जिल्लाको सदरमुकाम पनि राष्ट्रिय सडक सञ्जालमा जोडिने प्रक्रियामा रहेको जनाए।

Hardik ivf

‘कर्णाली प्रदेशमा रहेका अपार जलसम्पदा, मूल्यवान जडिबुटी र सुन्दर पर्यटकीय गन्तव्यको अनुभूत गर्दै सरकार यसको विकासको लागि प्रयत्नशील रहिआएको छ। यी सबै क्षेत्रलाई समानान्तर रुपमा अगाडि बढाउने माध्यम भनेकै भौतिक पूर्वाधारको विकास हो। उनले भने, त्यसैले सडक सञ्जालको विकासको माध्यमबाट कर्णाली प्रदेशका सबै जिल्ला सदरमुकाम तथा महत्वपूर्ण पर्यटकीय स्थलमा यातायातको सहज पहुँच पुर्‍याउने सरकारको प्राथमिकतासाथ कार्यान्वयनको चरणमा छ। १० वटा जिल्लमा ९ वटा राष्ट्रिय सडक सञ्जालमा आबद्ध भइसकेको छन्। यसै आर्थिक वर्षभित्र हुम्ला जिल्लाको सदरमुकाम पनि राष्ट्रिय सडक सञ्जालमा जोडिँदै छ।’ 

रक्षा मन्त्री खड्काले नेपालमा उपयुक्त आधुनिक स्टुडियो आजसम्म निर्माण नहुनु दुखद विषय रहेको पनि बताए। 
उनले संघ र सरकार मिलेर मुलुकको चलचित्र क्षेत्रलाई आवश्यक परेको स्टुडियो निर्माण गर्ने संकल्प गर्न प्रस्ताव गर्दै त्यसकोलागि संघीय सरकारको तर्फबाट गर्नुपर्ने आवश्यक पहलका लागि प्रतिवद्ध जनाए। 

उनले भने, ‘हामीले नेपालमा उपयुक्त आधुनिक स्टुडियो आजसम्म पनि बनाउन सकेको छैनौं। हामी सबै मिलेर मुलुकको चलचित्र क्षेत्रलाई आवश्यक परेको स्टुडियो निर्माण गर्ने संकल्प गरौं। त्यसको लागि संघीय सरकारको तर्फबाट के अग्रसरता लिनुपर्छ म वचन दिन्छु। र संस्थागत रुपमा चलचित्र विकास बोर्डले यो विधालाई जोडेर विगतमा किन गरेन भन्दा पनि अब हामी गरौँ।’

प्रकाशित मिति: १३:४२ बजे, शुक्रबार, फागुन १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्