गठबन्धनमा कुनै समस्या छैन, निरन्तरता हुन्छ : देउवा
‘भरतपुर भ्रमण वर्ष, २०२४’ को उद्घाटन समारोहमा सहभागी हुन शुक्रबार चितवन आएका कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री देउवाले उक्त भनाइ राखेका हुन्।
भरतपुर, फागुन १८ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तागठबन्धन दलबीच कुनै समस्या नरहेको प्रस्ट पारेका छन्।
‘भरतपुर भ्रमण वर्ष, २०२४’ को उद्घाटन समारोहमा सहभागी हुन शुक्रबार चितवन आएका कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री देउवाले उक्त भनाइ राखेका हुन्।
भरतपुर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै देउवाले गठबन्धन दलविच कुनै समस्या नरहेका र गठवन्धन सरकारले निरन्तरता पाउने प्रश्ट पारेका हुन्। उनले फरक पार्टीका नेता तथा कार्यकर्ताले अर्को पार्टीप्रति टिकाटिप्पणी गर्ने कुरा सामान्य रहेको पनि बताए।
पछिल्लो समय राष्ट्रियसभा अध्यक्षका बिषयमा चर्चापरिर्चा भइरहेको सन्दर्भ उल्लेख गर्दै सभापति देउवाले भने, ‘कांग्रेस एक्लैले अध्यक्ष बनाउन सक्दैन, गठबन्धन दलबीच छलफलपछि मात्रै टुंगाे लाग्छ।’
कार्यक्रममा सहभागी हुन कांग्रेस सभापति देउवासँगै पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वमन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी पनि चितवन आइपुगका छन्। चितवनस्थित नारायणी नदी किनारमा दिउँसो १ बजे भ्रमण वर्षको औपचारिक उद्घाटन हुने कार्यक्रम छ।












