Kathmandu Press

‘संसदमा शपथ खाएर आइसकेपछि याे व्यवस्थाको विरोध गर्न मिल्दैन’

आजकाे प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संसद्‌मा व्यवस्थाविरुद्ध सांसदहरुले अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाउँदै त्यस्ताे बताएका हुन्।
‘संसदमा शपथ खाएर आइसकेपछि याे व्यवस्थाको विरोध गर्न मिल्दैन’

काठमाडौं, फागुन १८ : माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले यो व्यवस्थालाई मान्छौं भनेर संसदमा शपथ खाएर आइसकेपछि व्यवस्थाको विरोध गर्न नमिल्ने बताएका छन्।

आजकाे प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संसद्‌मा व्यवस्थाविरुद्ध सांसदहरुले अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाउँदै त्यस्ताे बताएका हुन्।

Hardik ivf

उनले भने, 'यो संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, समानुपातिकता जस्ता प्रणाली ल्याउनको लागि हजारौंको बलिदान, रगत र पसिनाबाट आएको हो। हामीले यो व्यवस्थालाई मान्छौं भनेर संसदमा शपथ खाएका हुन्छौं।'

उनले थपे, 'शपथ खाएर मात्रै हामी सदनमा प्रवेश गरेका हुन्छौं। तर यहाँ दिनदिनै व्यवस्थाको विरोध गरेका सुन्छौं। र, शपथ खाएर आइसकेपछि, संविधान मान्छु भनिसकेछि यो प्रणालीको विरोध गर्न पाइन्छ?'

प्रकाशित मिति: १२:५० बजे, शुक्रबार, फागुन १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्