Kathmandu Press

टिकटक बन्द नगर्ने इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्न माग

आज प्रतिनिधिसभाको शून्य समयमा बोल्दै पार्टीका प्रमुख सचेतकसमेत उनले सरकारले बन्द गर्ने निर्णय गरे केही इन्टरनेट सेवा प्रदायकले नमानेकाे भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।
टिकटक बन्द नगर्ने इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्न माग

काठमाडौं, फागुन १८ :  जसपाका सांसद प्रदीप यादवले टिकटक बन्द नगर्ने इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्न माग गरेका छन्।

आज प्रतिनिधिसभाको शून्य समयमा बोल्दै पार्टीका प्रमुख सचेतकसमेत उनले सरकारले बन्द गर्ने निर्णय गरे केही इन्टरनेट सेवा प्रदायकले नमानेकाे भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

Hardik ivf

‘केही समय अगाडि नेपाल सरकारले टिकटकमा प्रतिबन्ध लगाएर स्वागत योग्य काम गर्यो,’ उनले भने, ‘तर अहिले पनि यो कतैकतै चलिरहेको छ। केही सेवा इन्टरनेट प्रदायकले सरकारलाई टेरेको छैनन्। यसमा सरकारले सक्दो कारबाही गर्नुपर्‍यो।’

सामाजिक सञ्जाल टिकटकलाई दुरुपयोग गरेर विभिन्न समुदाय धार्मिक, सांस्कृतिक र भेषभूषाका व्यक्तिहरुबीचको सामाजिक सद्भाव र पारिवारिक एकतामा खलल पुर्‍याएकाले त्यसलाई राेक लगाउने सरकारकाे निर्णयको बचाउ गरेर उनले  पूर्णत बन्द गर्न आग्रह गरे।

प्रकाशित मिति: १२:४४ बजे, शुक्रबार, फागुन १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्