Kathmandu Press

सुन्तलालाई नेपालको राष्ट्रिय फल घोषणा गर्न सांसद गैरेकाे माग

‘भारतले आँपलाई, जापानले हलुवावेदलाई राष्ट्रिय फल बनाएको छ,' उनले भने, 'त्यसैगरी नेपालले नेपालले सुन्तालालाई राष्ट्रिय फल घोषणा किन नगर्ने?’
सुन्तलालाई नेपालको राष्ट्रिय फल घोषणा गर्न सांसद गैरेकाे माग

काठमाडौं, फागुन १८ :  एमाले सांसद ठाकुरप्रसाद गैरेले सुन्तलालाई नेपालको राष्ट्रिय फल घोषणा गर्न माग गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै उनले त्यसताे माग गरेका छन्। ‘भारतले आँपलाई, जापानले हलुवावेदलाई राष्ट्रिय फल बनाएको छ,' उनले भने, 'त्यसैगरी नेपालले नेपालले सुन्तालालाई राष्ट्रिय फल घोषणा किन नगर्ने?’

नेपाली भूगोलले सुन्तला खेतीका लागि प्रचुर सम्भावना बाेकेकाे उनकाे भनाइ थियाे। सुन्तला स्वास्थ्यका लागि लाभदायक र अत्यन्त मिठो फल भएको  उनले बताए। 

सुन्तला खेतीका लागि यथोचित बजेटको व्यवस्था गर्न र सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्न उनले माग गरेका हुन् ।

प्रकाशित मिति: १२:३६ बजे, शुक्रबार, फागुन १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्