सांसदहरूले खाेजे कृषिमन्त्री, दुध किसानबारे ध्यानाकर्षण
आज प्रतिनिधि सभाको बैठमा सदहरुले दूध किसानको विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्।
काठमाडौं, फागुन १८ : सांसदहरूले कृषिमन्त्रीकाे खाेजी गर्दै सदनबाट दुध किसानबारे सरकारकाे ध्यानाकर्षण गराएका छन्।
आज प्रतिनिधि सभाको बैठमा सदहरुले दूध किसानको विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्। केही दिनयता दुध किसानहरु आन्दोलित हुँदा समेत सरकारले उनीहरुको मागका सम्बन्धमा गम्भीरता नदेखाएको आरोप उनीहरुले लगाएका छन्।
आफ्नो उत्पादन बिक्री नहुँदा र दुधको बक्यौता नपाउँदा दूध किसानहरुले आफ्नो दूध सडकमा फालेर विराेध गरिरहेकाे जानकारी गराउँदै सत्तारुढ नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सरकारको ध्यानाकर्षण गराए।
'यस्तो हृदयविदारक दृश्य देखेर सरकारको मन किन छुँदैन?’ उनले भने, ‘कृषिमन्त्री कहाँ हुनुहुख्न्छ? सरकार के गर्दैछ? संसदले जान्नु पर्यो।’ एमालेका सांसद सूर्य थापा, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन लगायतले पनि दूध किसानको भुक्तानीको विषयमा सरकारको धयानाकर्षण गराए।












